logo-img

नेपाल–भारतबीचको सम्झौता खारेज गर्न राष्ट्रिय जनमोर्चाको माग

राष्ट्रिय जनमोर्चाले नेपाल–भारतबीचको सम्झौता खारेज गर्न माग गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले गरेको उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाको नाममा भारतको नेपालस्थित राजदूतावासबाट २० करोडका योजना नेपालभरि सोझै बाँड्न र लागु गर्न सक्ने सम्झौताप्रति राष्ट्रिय जनमोर्चाले विरोध जनाएको हो । 

यो सम्झौता सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकका लागि लज्जाजनक तथा राष्ट्रिय हित विरुद्ध रहेको पार्टीको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि मुलुकको दूतावासलाई सोझै रकम बाँड्ने अधिकार हुँदैन र हाम्रो जस्तो मुलुकमा त्यस प्रकारको अधिकार दिन पनि सकिँदैन । नेपाल र नेपालीको विकासका लागि कुन ठाउँमा कति बजेट विनियोजन गर्ने ? त्यो नेपालको विशुद्ध आन्तरिक मामिला हो ।’ 

कमजोर मुलुकमा आफ्नो प्रभुत्व कायम गर्न र अन्ततः त्यसलाई टुक्राएर भारतमा गाभ्न भारतले व्यापक रूपमा पैसा र गुप्तचर संस्थाको अत्यधिक प्रयोगलाई विदेश नीतिको अंग बनाएको परिप्रेक्ष्यमा नेपालमा सोझै २० करोड रुपैयाँसम्मको योजना निर्माणका लागि रकम वितरण गर्न पाउने गरी भारतलाई अधिकार दिने कुरा नेपालको राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताका लागि घातक सिद्ध हुने केसीको भनाइ छ । तसर्थ उक्त सम्झौता खारेज गर्न जोड दिनुपर्ने उनको भनाइ छ ।





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार २२:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया