logo-img

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसमा देउवाको मनोमानी, शेखर-गगनलाई चार सिट दिन आनाकानी

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार तय गर्ने विषयले कांग्रेसमा भाँडभैलो भएको छ । सत्तागठबन्धनमा कांग्रेसले १९ मध्ये १० सिट पाउने पक्का भए पनि आन्तरिक भागबण्डामा किचलो हुने देखिएको छ । 

कांग्रेसको इतर पक्ष (डा. शेखर कोइराला र महामन्त्री गगन थापा) समूहले सभापति शेरबहादुर देउवासँग भेट गरेर कम्तीमा ४० प्रतिशत सिट आफ्नो समूहले पाउनुपर्ने माग राखेको छ । तर, देउवाले सकारात्मक जवाफ नदिएपछि शेखर–गगन समूहले आफूनिकट नेताहरुसँग छलफल गरेको छ । 

सहमहामन्त्री जीवन परियारका अनुसार समूहको बैठकमा पार्टीले राष्ट्रिय सभामा पठाउने उम्मेदवारको विषयमा छलफल भएको हो । छलफलका क्रममा शेखर–गगनले सभापति देउवासँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए । 

सो समूहले न्यायोचित भागबन्डा हुनुपर्ने माग गरेको छ । तर, सभापति देउवाले शेखर–गगन सँगको भेटमा सकारात्मक जवाफ नदिएपछि इतर पक्षले यो विषयलाई कार्यसम्पादन समितिको बैठकमा पनि जोडदार रूपमा उठाउने तयारी गरेको छ । 

शेखर समूहले गत निर्वाचनमा हारेकाहरूलाई राष्ट्रिय सभामा नल्याउन पनि सभापति देउवाको ध्यानाकर्षण गराएको छ । 





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १७:५०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया