logo-img

लेबनानले आफ्नो भूमिमा आक्रमण गरेपछि इजरायलको जवाफी हमला

लेबनानले आफ्नो भूमिमा आक्रमण गरेपछि इजरायलले कडा जवाफी हमला गर्दै आएको छ । इजरायली आक्रमणमा हिजबुल्लाहको विशेष कमाण्डो युनिट रडवान फोर्सका एक वरिष्ठ कमाण्डर मारिएको दाबी गरिएको छ ।

लेबनानको सुरक्षा एजेन्सीसँग सम्बन्धित स्रोतहरूले मारिएका कमान्डर विसाम अल ताविलको रूपमा पहिचान गरेका छन् । उनी रडवान फोर्सको एक इकाईका उपप्रमुख थिए ।

लेबनानी गाउँ मजदाम सेल्ममा आक्रमणको क्रममा उनको कार ठोक्किएर अर्का हिज्बुल्लाह लडाकूको मृत्यु भएको बताइएको छ । पछिल्ला घटनाले इजरायल र लेबनानबीच तनाव झनै बढ्ने अनुमान गरिएको छ ।

७ अक्टोबरमा हमासले इजरायली भूमिमा आक्रमण गरेपछि इजरायलले गाजा पट्टीमा सैन्य कारबाही जारी राखेको छ । यसमा करिब २४ हजार प्यालेस्टिनी नागरिक मारिएका छन् । लेबनानमा सक्रिय हिजबुल्लाहले सुरुदेखि नै हमासको समर्थनमा इजरायलमाथि आक्रमण गर्दै आएको छ ।

हिजबुल्लाहको आक्रमणमा धेरै इजरायली सैनिकको पनि मृत्यु भएको छ । यस कारणले गर्दा इजरायलले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूविरुद्ध जवाफी कारबाही गरेको छ । 

दक्षिणी लेबनानमा भएका यी आक्रमणमा अहिलेसम्म १३० भन्दा बढी हिजबुल्लाह लडाकू मारिएका छन् । 





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार ८:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया