logo-img

‘भारतीय दूतावासले नेपालमा सिधै २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात’

नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लागाएका छन् ।  

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको जिकिर गरे । उनले यो सम्झौताले नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको बताए । 

बर्तौलाले सम्झौताले स्वाभिमानको जरा काट्ने काम भएको बताए । उनले भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपि सांसदहरूले पाउनुपर्ने बताए । 

सचेतक बर्तौलाले भारतसँग भएको सम्झौताको दोष अरू सरकारलाई देखाएर पन्छिन नमिल्ने बताए । 





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १४:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया