logo-img

सम्बन्धविच्छेदको मुडमा सानिया–शोएब ?

टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिक वैवाहिक सम्बन्धमा आएको दरारका कारण चर्चामा छन् । हालै मात्र सानियाले इन्स्टाग्राम एकाउण्टबाट शोएबका सबै तस्बिर हटाएपछि उनीहरूबीचको वैवाहिक खटपट छताछुल्ल भएको छ ।

सानिया इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र उनी आफूसँग जोडिएका अपडेटबारे फ्यानमाझ शेयर गरिरहन्छिन् । सानियाको इन्स्टाग्राममा उनका सबै फोटो र भिडियो हेर्न पाइन्छ । यही बीचमा उनले आफ्ना श्रीमान् शोएबका सबै तस्वीर हटाएकी छन् ।   

शोएबले पनि आफ्नो इन्स्टाग्रामबाट सानियासँग विवाह भएको जानकारीलाई हटाएका छन् । यसअघि उनले आफ्नो इन्स्टाग्रामको बायोमा आफू ‘सुपर वुमनको पति’ भएको उल्लेख गरेका थिए । उनीहरूको सम्बन्धविच्छेदको विषयमा कुरा बुझ्दा सानियाले ‘हल्ला चलिरहेको छ । चासो राख्नु राम्रो होइन । तपाईँ के भन्न चाहनुहुन्छ’ भन्दै जवाफ फर्काएकी थिइन् ।

केही समयअघि मात्र शोएबको पाकिस्तानी अभिनेत्री आयशा उमरसँग प्रेमसम्बन्ध रहेको चर्चा चलेको थियो । यहीकारण शोएब र सानियाको सम्बन्धमा दरार आएको निकटले दाबी गरेका छन् ।

सानिया र शोएबले सन् २०१० मा विवाह गरेका थिए । उनीहरूको एक छोरा एजहान छन् । सानियाले केही दिनअघि इन्स्टाग्राममा ‘जब कुनै कुराले तपाईंको हृदयको शान्तिलाई नष्ट गर्छ भने त्यसलाई जान दिनुहोस्’ लेखेकी थिइन् । उनको यो लेखाइपछि शोएब र सानियाको जीवन ठीकसँग नचलेको अनुमान गरिएको छ ।  





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार ९:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया