logo-img

राष्ट्रियसभा निर्वाचनको प्रचार-प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिए ।

‘राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो’, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । 

समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही ११ माघमा हुने निर्वाचनका लागि पार्टीका उम्मेदवारसँग छलफल भएको थियो ।

राष्ट्रियसभाका रिक्त हुन लागेका कूल १९ सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् ।  





  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार १९:३१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया