logo-img

समितिहरू संसदीय क्यालेण्डरअनुसार चल्न नसकेको सभामुख घिमिरेको गुनासो

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरू क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल नभएको बताएका छन् । आइतबार संसदीय समितिका सभापतिहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले संसदीय समिति क्यालेन्डर बनाएर सञ्चालन गर्ने प्रयास भए पनि व्यवहारिक हुन नसकेको बताए । उनले अबको संसद्लाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेन्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभपतिहरुसँग छलफल भएको बताए । उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको बताए । 

उनले भने, ‘बाहिरबाट समितिहरूलाई सहयोग प्रदान गर्नको लागि विभिन्न दातृ संस्थाहरूले सहयोग गर्न कोसिसहरू वा सहयोगहरू प्राप्त हुन्छ भनेका कुराहरूलाई एकीकृत ढंगबाट समितिहरूलाई चाहिने सहयोग पनि सचिवालयमार्फत नै लिनु राम्रो हुन्छ, गर्नुपर्छ भन्ने सुझावहरू पनि आएको छ । क्यालेन्डर बनाएर अघि जाने, संसदीय क्यालेण्डरअनुसार चल्ने कोशिस भए पनि त्यो व्यवहारिक भएको छैन ।’

सभमुख घिमिरेले संसदको महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको बताए ।  





  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार १३:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया