logo-img

यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिका र बेलायती सेनाको संयुक्त आक्रमण

अमेरिका र बेलायतका सेनाले यमनस्थित हुथी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र बनाएका छन् । अमेरिकी र बेलायती सेनाले सोमबार यमनमा हुथी विद्रोहीको स्थानमा आक्रमण गरेको पेन्टागनले जनाएको छ । 

अस्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्ड्सको सहयोगमा अमेरिकी र बेलायती सेनाले यमनका विभिन्न आठ स्थानमा आक्रमण गरेको छ ।

पेन्टागनका अनुसार अमेरिकी र बेलायती सेनाले भूमिगत भण्डारण साइट र हुथीहरूको मिसाइल र निगरानी क्षमता नष्ट गरेका छन् । हुथी विद्रोही इजरायलले गाजामा आक्रमण गरेपछि प्यालेस्टिनीको पक्षमा देखिएको छ ।

एक वरिष्ठ अमेरिकी सैन्य अधिकारीले करिब २५ देखि ३० पटक बम प्रहार गरिएको बताए । अमेरिकी अधिकारीले यी आक्रमणले हुथी विद्रोहीको आक्रमण गर्ने क्षमतालाई कम गरेको बताएका छन् । 





  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार ९:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया