logo-img

सरकार माओवादीकै एजेण्डामा चलेको छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार पार्टी एजेन्डाअनुसार नै अघि बढेको बताएकी छिन् । 

नेकपा (माओवादी केन्द्र)को जिल्ला समन्वय समिति दाङको आयोजनामा शनिबार गढवामा आयोजित तीन तहका सरकार र पार्टीको समन्वय विषयक कार्यशालामा मन्त्री शर्माले सो कुरा बताएका हुन् । 

वर्तमान सरकारले जनमुखी काम गर्न सफल भइरहेकाले प्रदेश र स्थानीय सरकारले पनि पार्टी एजेन्डामै रहेर काम गर्नुपर्ने उनले आग्रह गरे । माओवादी केन्द्रको तर्फबाट तीन तहकै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि सहभागी भएको कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले जनप्रतिनिधिलाई आफैँ गुणगान गाउनुभन्दा कामको समीक्षा गर्ने जिम्मा जनतालाई दिन आग्रह गरे । 

मन्त्री  शर्माले भनिन्, ‘हामी संघीय सरकारको तर्फबाट पार्टीको प्रतिबद्धताअनुरुप काम गरेका छौँ, काम गर्न नसकेको अवस्थामा कारणसहित खुलाएर यो काम गर्न सकिएन भनेर भनेका छौँ, प्रदेश र स्थानीय सरकारमा जिम्मेवारी पाएकाहरुले पनि काम गर्नुपर्छ, नसके कारणसहित सकिएन भन्नुपर्छ ।’

मन्त्री शर्माले सञ्चार मन्त्रालयमा नीतिगत रूपमा उल्लेख्य सुधार भए पनि धेरै काम गर्न बाँकी रहेको जानकारी दिए । सञ्चार मन्त्रालयको जिम्मेवारी पाएपछि आफूले धेरै सिक्ने अवसर पाएको जानकारी दिँदै मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा सुधार गरी रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको बताइन् । उनले भनिन्, ‘अहिले सूचना प्रविधिविना कुनै काम सम्भव छैन भन्ने कुरा सबैलाई महसुस भएको छ, प्रविधिको सूधार गर्ने ज्ञान सीप सिक्ने र रोजगारी सिर्जना गर्ने काम हुन्छ, यो सम्भव छ ।’

माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री शर्माले पार्टी अनुशासन र पार्टीको नियममा सबै बस्नुपर्ने बताइन् । माओवादीले जितेका पालिका, वडा अन्य वडाभन्दा पृथक जनमुखी, विकासमुखी देखिनुपर्ने भन्दै उनले कामको योजना बनाएर काम गर्न निर्देशन दिइन् । 



माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले पार्टीबाट निर्वाचित भइसकेपछि पार्टीभन्दा माथि कोही नहुने भन्दै पार्टीले जनप्रतिनिधिको मूल्यांकन गर्ने र पार्टी एजेन्डाभन्दा बाहिर जान थालेमा खबरदारी गरिने बताए ।



  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार २२:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया