logo-img

‘नेपाल खोज्दै हिँड्नुपर्ने स्थिति आयो, अब चन्द्र सूर्य अङ्कित झण्डा कसले बोकिदिने ?’
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले नेपालभित्र अब नेपाल खोज्दै हिँड्नुपर्ने स्थितिको सिर्जना भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा ‘सहादतको मर्म’ विषयक छलफलमा बोल्दै नेता भण्डारीले सबैले राजनीतिक दलका झण्डा बोक्न थालेको बताउँदै नेपालको चन्द्र सूर्य अङ्कित झण्डा बोक्न आग्रह गरे । 

उनले भने, ‘नेपालभित्र नेपाली खोज, नेपालभित्र अब नेपाल खोज । म कांग्रेसको नेता हो मैले चार तारे झण्डा बोकेर हिँड्छु । मैले गल्ती गरे ठीक छ । तर आउँदो नयाँ पुस्ताले त कमजोरी दोहोर्‍याउनु भएन मुलुकका लागि । मेरा सहिदहरूले बोकेको चन्द्र सूर्य झण्डा कसले बोकिदिने ?’

पार्टीका झण्डा बोकेर मुलुकले निकास नपाएको बताएका भण्डारीले सबैले अब यो देशको झण्डा बोक्नुपर्ने बताए । उनले भने,‘नेपालको आफ्नै राजनीति स्थायित्व छैन । हामी किन अरूबाट प्रभावित भयौँ ? हामीसँग जनकपुर छ, लुम्बिनी छ, पशुपति छ, यहाँबाट प्रभावित किन हुन सकेनौँ ।’

आफ्नो पुस्ताले गरेको गल्ती आउँदो पुस्ताले दोहोर्‍याउन नहुने भण्डारीको भनाई छ । 





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार १८:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया