logo-img

नयाँ प्रविधिको नियमन र व्यवस्थापन गर्न कानुन निर्माण गरिरहेका छौँ : मन्त्री शर्मा
फाइल तस्बिर

सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले नयाँ प्रविधिको नियमन र व्यवस्थापनका लागि कानुन निर्माणको काम भइरहेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित क्यान इन्फो–टेक २०२४ समारोहलाई सम्बोधन गर्दै उनले संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मासाथ गरे पनि त्यसलाई नियमन र व्यवस्थित गर्न कुनै कानुन नभएको भन्दै मन्त्रालय कानुन निर्माणको निम्ति युद्ध स्तरमा जुटेको बताएकी हुन् । 

उनले भनिन्, ‘सूचना र प्रविधि अगाडि अगाडि, तपाई हामी पछाडि पछाडि छौँ । हाम्रो विडम्बना यहीँ छ । संसारमा उत्पादन हुने वा विकास हुने नयाँ प्रविधिलाई हामी आत्मासाथ गरी नै रहन्छौँ ।  तर त्यसलाई नियमन र व्यवस्थित गर्न हामीसँग कानुन छैन । त्यो कानुन निर्माणको निम्ति मन्त्रालय युद्ध स्तरमा जुटको छ ।’

मन्त्री शर्माले आम नागरिकको आधुनिक जीवनशैलीको आधार बन्दै गएको सूचना र प्रविधिलाई अब सुशासन र समृद्धिको आधार बनाउनुपर्ने धारणा राखिन् । उनले समृद्धिको आधार भनेकै सूचना र प्रविधि हो भनेर सैद्धान्तिक रूपमा स्वीकार गरे तापनि अझै व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन् । 

सुशासन सामाजिक न्याय र समृद्धिको मूल एजेन्डासहित सरकार अघि बढेको र त्यसैमा आधारित रहेर आगामी १६ औँ योजनाको तयारीमा जुटेको जानकारी दिइन् । सूचना र प्रविधिको क्षेत्रबाट लगानी गर्न सके अर्थतन्त्र सबल बन्न सक्ने उनको भनाई छ । 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १४:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया