logo-img

अमेरिकी पप गायिका टेलरद्वारा एक लाख डलर दान

अमेरिकी पप गायिका टेलर स्विफ्टले केनससमा भएको सामूहिक गोलाबारीमा मारिएकी महिलाको परिवारका लागि १ लाख डलर दान गरेकी छन् । केनसस सिटीको केकेएफआई रेडियो स्टेसनकी डीजे लिसा लोपे–गेल्वनको गत बुधबार केनसस सिटी चिप्स परेडमा गोलाबारी हुँदा मृत्यु भएको थियो ।

४४ वर्षीया गोलाबारी पीडितको परिवारका लागि ७५ हजार डलर जुटाउने लक्ष्यका साथ बिहीबार दिउँसो एलिाबेथ लोपे–गेल्वन मेमोरियल पेज बनाइएको थियो । शुक्रबार बिहान जब टेलरले दान गरिन्, यो राशि आफ्नो लक्ष्यबाट अगाडि बढेको थियो ।

टेलरले शुक्रबार बिहान ५० हजार डलरका दुई सेट दान गरिन् र कुल राशि लक्ष्यभन्दा अगाडि बढ्यो । त्यो बेला करिब १३ सय व्यक्तिले दान गरेका थिए । टेलरले सुरुमा ५० हजार डलर दान गरेकी थिइन् । त्यसको आठ मिनेट पछि पुनः ५० हजार डलर दान दिइन् । अहिले पेजमा १ लाख ७३ हजार भन्दा बढी रकम जम्मा भइसकेको छ ।

आफ्नो दानका साथ टेलरले लोपे–गेल्वनको मृत्युमा सो जनाउँदै उनको परिवारका लागि समवेदना व्यक्त गरेकी छन् । ‘तपाईँको विनाशकारी नोक्सानका लागि म आफ्नो गहिरो समवेदना र प्रेमले सहयोग पठाइरहेकी छु’, दानसँगै उनले लेखेकी छन् ।

लोपे–गेल्वनले चिप्सको सुपर बाउल विजयको खुसी मनाउनका लागि भएको र्‍यालीमा सहभागिता जनाएकी थिइन्, त्यही बेला एक बन्धुकधारीले र्‍यालीमा गोलाबारी गरेका थिए । यो घटनामा लोपे–गेल्वनको परिवारका तीन सदस्यसहित कुल २१ जना घाइते भएका थिए ।

‘यो राशि लिसा लोपे–गेल्वनको परिवारलाई सहयोग गर्न बनाइएको हो । उनी चिफ्स सुपर बाउल विक्ट्री परेडको उत्सव मनाइरहेकी थिइन्, जुन बेला उनको हत्या भयो । उनको दुई सन्तान र पति जीवित छन् । उनी एक अद्भुत आमा, पत्नी, छोरी, बहिनी, काकी, भतिजी र कैयौँ मानिसका साथी थिइन् । हामी अनुरोध गर्दछौँ कि तपाईँ उनको परिवारलाई आफ्नो प्रार्थनामा सहभागी गराउनुहोस्, किनकि हामी उनको मृत्युमा शोक मनाइरहेका छौँ । यो राशि उनको परिवारलाई यो अकल्पनीय पीडाको सामनामा महत्त्वपूर्ण आर्थिक सहयोग प्रदान गर्न मद्दत मिल्नेछ । कुनै पनि मूल्यलाई स्वीकारिनेछ’, गो फण्ड मी पेजमा लेखिएको हो ।





  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार ८:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया