logo-img

मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता पनि निष्कर्षविहीन

मिटरब्याज पीडित र सरकारबिचको तेस्रो दिनको वार्ता पनि निष्कर्षविहीन भएको छ । बुधबार गृह मन्त्रालयमा भएको तेस्रो दिनको वार्तामा पनि ठोस निष्कर्ष निस्किन सकेन । 

सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले बताए । 

वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुको आन्दोलन जारी रहने बताए । उनले आफूहरुको माग फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए । त्यस्तै साहुहरुको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनको भनाइ छ ।

त्यस्तै, अदालती प्रक्रियालाई स्थगित गर्नुपर्ने र अदालतबाट फैसला भइसकेका केसहरु आयोगमा झिकाइ पुनरावलोकन गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनले जानकारी गराए । 





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १९:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया