logo-img

संसद् छिरेका मिटरब्याज पीडितलाई रिहा गर्न एमालेको माग

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरूका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । 

उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरू आन्दोलन गर्दै गर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद् भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताइन् । उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग गरे । 

उनले भनिन्, ‘धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरू आन्दोलन गर्दै गर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद् भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए । छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरूलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन । उनीहरूको माग भनेको निःशर्त रूपमा उनीहरूलाई रिहा गरिनुपर्छ भन्ने हो । मिटरब्याज पीडितका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरू पनि थप दुर्घटना हुन सक्छन् । यो विषयमा सरकारले समयमा नै ध्यान दिएर वार्ता अघि बढाओस् ।’

उनले मिटरब्याज पीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताइन् ।  





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १४:१४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया