logo-img

चुनावपछि अमेरिका-चीन सम्बन्धमा सुधार आउने विश्वास

चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ ।

बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापार, मानव अधिकारका साथै ताइवान र दक्षिण चीन सागरमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराब छ ।

ह्वाइट हाउसको नेतृत्वका लागि राष्ट्रपति जो बाइडेनविरुद्ध पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने गरी आगामी नोभेम्बरमा हुने चुनावमा अमेरिकीहरूले भाग लिनेछन् । 

‘तपाईंले अमेरिकी राष्ट्रपतिको चुनावको बारेमा उल्लेख गर्नुभयो, यो संयुक्त राज्य अमेरिकाको आन्तरिक मामिला हो,’ चिनियाँ संसद्का प्रवक्ता लू किन्जियानले सोमबारको पत्रकार सम्मेलनमा भने, ‘संयुक्त राज्य अमेरिकाले चीनसँग जो सुकै राष्ट्रपति भए पनि अमेरिकाले एउटै लक्ष्यका साथ अर्थात् स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धका लागि काम गर्न सक्छ भन्नेमा हामी पूर्ण आशा गर्छौँ ।’

चीनको स्थिति स्थिर रहेको र चीन–अमेरिकाबीचको सम्बन्ध स्थिर र सुधारिएको अवस्थामा देख्न सबै आतुर रहेको उनले बताए । 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १२:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया