logo-img

कांग्रेसले नयाँ सत्ता समीकरणलाई स्वभाविकरूपमा लिनुपर्छ : सुरेश आले मगर

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आले मगरले नेपाली कांग्रेसले नयाँ सत्ता समीकरणलाई स्वाभाविकरूपमा लिनुपर्ने बताएका छन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई धोका दिएको नेपाली कांग्रेसका नेताहरूले प्रतिक्रिया दिइरहेका बेला माओवादी केन्द्रका सांसद आलेमगरले नयाँ सत्ता समीकरणलाई स्वभाविक र सामान्य प्रक्रियामा रूपमा लिन सुझाव दिएका हुन् ।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले केही मान्छेहरूले नयाँ सत्ता समीकरणप्रति तीतो ओकलेको भन्दै त्यसलाई स्वभाविक प्रक्रियाको रूपमा बुझनुपर्ने बताए । सांसद आले मगरले कांग्रेसप्रति लक्षित गर्दै आफूसँग हुँदा इमानी र नहुँदा बेइमानी भन्न नमिल्ने तर्क समेत गरे । उनले सहयात्रा सधैँसँगै नहुने कुरालाई आत्मसात गर्न पनि कांग्रेस नेताहरूलाई आग्रह गरे ।

‘नयाँ समीकरण, नयाँ गठबन्धन बनेको छ । यसलाई गठबन्धन भन्दा पनि नयाँ सहकार्य, नयाँ सहयात्राभन्दा ठिक होला । यतिबेला यो सभामा पनि केही दृश्यहरू फेरिएका छन् । यी स्वाभाविक प्रक्रिया हुन् । हुन त यो विषयलाई लिएर केही मान्छेहरूले तितोपिरो अभिव्यक्त गरेको पनि पाइयो । तर, मलाई के लाग्दछ भने राजनीतिक एउटा निरन्तर चलिरहने कुरा हो,’ आले मगरले भने, ‘यो यात्रामा कतिपय यात्रीहरूसँगसँगै यात्रामा हुन्छन् । कतिपय बीचमै छोडेर जान्छन् । कतिपयलाई बीचैमा छोड्नुपर्ने हुन्छ । कतिपय बीचमा यात्रामा जोडिन्छन् । तर, यो यात्रा निरन्तर जारी रहन्छ । किनकी गन्तव्य लक्ष्य एउटै छ । यसलाई स्वाभाविक र सामान्य लिनुपर्ने हुन्छ ।’

उनले आजको सहयात्री राजनीतिक दलहरू भोलि नहुन पनि सक्ने बताए ।  





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १४:३६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया