logo-img

आइपिएलको प्लेअफ पुग्न जित्नैपर्ने दबाबमा दिल्ली, आज राजस्थानसँग भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । यी दुई टिमबीचको खेल राति ७ः४५ देखि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ । 

जारी सिजनमा राजस्थानको प्लेअफको यात्रा लगभग पक्का भइसकेको छ । उसले यदि आज जित निकाल्न सके प्लेअफको टिकट औपचारिकरूपमा सुरक्षित गर्नेछ । राजस्थान अहिले तालिकाको दोस्रो स्थानमा छ । उसले १० खेलबाट १६ अंक जोडिसकेको छ । 

छैटौँ स्थानमा रहेको दिल्लीले ११ खेल खेल्दा पाँचमा जित र ६ खेलमा हारको सामना गरेको छ । प्लेअफ सम्भावना जीवित राख्न दिल्ली राजस्थानविरुद्ध जित निकाल्नैपर्ने दबाबमा छ । यदि आजको खेलमा हार बेहारेको दिल्लीको प्लेअफ यात्रा कठिन बन्नेछ । 

आइपिएल इतिहासमा हालसम्म दिल्ली र राजस्थानले २८ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा राजस्थानले १५ तथा दिल्लीले १२ खेलमा जित निकालेको विगत छ ।



जारी सिजनको पहिलो खेलमा राजस्थानसँग दिल्ली १२ रनले पराजित भएको थियो । आइपिएल २०२४ मा राजस्थानमा सञ्जु सामसन र दिल्लीमा ऋषभ पन्त कप्तान रहेका छन् । उनीहरू दुवै भारतको टी–२० विश्वकप टिममा पनि अटाएका छन् । 
 



  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ८:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया