logo-img

बजेट अधिवेशन सञ्चालनबारे शीर्ष नेतासँग छलफल गर्दै सभामुख घिमिरे
फाइल तस्बिर

बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेतासँग आज छलफल गर्दै छन् । संसदको बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ ।

सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै संसदमा गृहमन्त्री रवि लामिछानेलाई अवरोध गर्दै आएको छ । त्यसको निरन्तरता रहे बजेट ल्याउनसम्म पनि समस्या पर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख घिमिरेले संसदमा अवरोध हटाउन प्रयास गर्दै आएका छन् । 

सभामुख घिमिरेले मंगलबार प्रधानमन्त्री दाहाल, विपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले यसअघि पनि संसद् खुलाउने विषयमा दलका शीर्ष नेतासँग पटकपटक छलफल गरेका थिए । तर, अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । 

कांग्रेस गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएर अघि बढेको छ ।  
 





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ८:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया