logo-img

क्रिस्टल प्यालेससँग क्रिस्टल प्यालेसको फराकिलो हार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को फराकिलो पराजय बेहोरेको छ । युनाइटेडलाई हराउनेक्रममा क्रिस्टलका माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले एक/एक गोल गरे ।   

युनाइटेड जारी सिजनको अघिल्लो खेलमा क्रिस्टल प्यालेससँग १–० ले पराजित भएको थियो । सोमबार रातिको हारले युनाइटेडले युरोपा कन्फरेन्स लिगमा स्थान बनाउने सम्भावना कमजोर बनेको छ ।

युरोपा कन्फरेन्स लिगमा स्थान बनाउन प्रिमियर लिगमा सातौं स्थान हासिल वा एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई हराउनुपपर्नेछ ।  

युनाइटेड अहिले ३५ खेलबाट ५४ अंकका साथ आठौं स्थानमा छ । विजयी भएको क्रिस्टल प्यालेसले ३६ खेलबाट ४३ अंक जोडेको छ । ऊ अहिले तालिकाको १४औँ स्थानमा छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ७:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया