logo-img

ब्याटिङ नचल्दा पिएनजीसँग नेपालको फराकिलो हार, फेरि उपाधि जित्न चुक्यो

हङकङमा सम्पन्न त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाल ८६ रनले पराजित भएको छ । योसँगै नेपाल सिरिज जित्न चुक्यो । 

बुधबार भएको फाइनलमा पिएनजीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल १६ ओभरमा ८५ रनमै अलआउट भयो । नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहिततकुमार पौडेलले १२ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पिएनजीका लागि सेसे बाउ, चाड सोपर, सेमो क्यामियो र काबु मोरियाले दुई/दुई तथा अलि नाओले एक विकेट लिए ।

 त्यसअघि मोंग कोकस्थित मिशन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका लागि ओपनिङ ब्याटर टोनी उराले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा पाँच चौका र चार छक्कासहित ६१ रन बनाए । 

यस्तै, अलि नाओले अविजित ३०, हिला वारेले १८, हिरी हिरीले १५ र किप्लिन डोरिगाले १४ रन जोडे । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २४ रन दिएर तीन विकेट लिए । यस्तै, आकाश चन्दले ४ ओभरमा ४१ रन खर्चेर तीन विकेट नै हात पारे । करण केसी र गुलशन झाको नाममा एक/एक विकेट रह्यो । 

लिग चरणमा पिएनजीलाई ८५ रनले हराउँदै शीर्ष स्थान रहेर नेपाल फाइनलमा पुगेको थियो । यस्तै,पिएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको थियो ।  





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १५:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया