logo-img

मेटमणि चौधरीको माग : माइक्रो रेल प्रविधिमा आधारित पोर्ड वेका लागि सरकारले कार्यविधि बनाओस्
फाइल तस्बिर

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माइक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गरेका छन् ।  

सवारी दुर्घटनाबाट जीउधनको सुरक्षा गर्न, नेपालमा पर्यटकीय क्षेत्रको विकास गर्न, ट्राफिक जाम हटाउन, पेट्रोलियम पदार्थको आयातलाई विस्थापन गर्न पनि सो प्रविधिमा आधारित पोड वे भरपर्दो माध्यम हुने भएकाले यसको सञ्चालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सम्बन्धित मन्त्रालयका मन्त्रीले तत्काल सो सम्बन्धी कार्यविधि बनाउन ढिलाइ गर्न नहुने बताएका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक चौधरीले नेपालका लागि उपयोगी भनेर सरकारले गत ७ मंसिरमा राजपत्रमा प्रकाशित गरेकाले त्यसका लागि आवश्यक ऐन, नियम बनाउने काममा लाग्नुपर्ने बताए ।   

‘माइक्रो रेल प्रविधिमा आधारित कार्यविधिको अभावले काम अघि बढ्न सकेको छैन । कार्यविधि कहिले बन्ने हो ? काम कहिले अगाडि बढ्ने हो ? सम्बन्धित मन्त्रालयको ध्यान जानुपर्ने देखिन्छ । यदि यो प्रविधिलाई कार्यान्वयन गर्ने हो भने काठमाडौंलगायत महत्वपूर्ण सहरहरूमा ट्राफिक जामलाई हटाउन सकिन्छ । नेपालको पर्यटकीय क्षेत्रमा उल्लेख्य रुपमा विकास गर्न सकिन्छ,’ सांसद चौधरीले भने, ‘इन्धनलाई प्रतिस्थापन गर्न सकिन्छ । सुरक्षित यात्राको ग्यारेन्टी गर्न सकिन्छ । प्रदूषणका कारण जलवायुमा हुने परिवर्तनलाई रोक्न सकिन्छ । हिमाली र पहाडी क्षेत्रमा हुने हवाई यातायातको विकल्पको रूपमा स्थापित गर्न सकिन्छ । जस्तोसुकै मौसममा पनि यो प्रविधिमा आधारित यातायात नेपालमा अत्यन्तै उपयोगी हुन सक्छ ।’    





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १४:३३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया