logo-img

आजको मौसम : देशका धेरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
फाइल तस्बिर

हाल नेपालमा पश्चिमी, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण पछिल्लो २४ घण्टामा देशका धेरै भू–भागमा हल्कादेखि भारी वर्षा भएको छ ।

आज बिहान पनि बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागकोमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । आज राति कोशी, मधेश,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा बाराको कलैयामा भारी वर्षा भएको छ ।

कलैयामा ७०.६ मिलिमिटर वर्षा भयो । त्यस्तै, सिन्धुलीको नेपालथोकमा ५०.८, सिन्धुलीकै हरिहरपुरमा ४९.२,  मकवानपुरको रजैयामा ४५.२, डोटीको दिपायलमा ४२.६ मिलमिटर वर्षा भएको महाशाखाले जनाएको छ । 

वर्षाका कारण पूर्व र मध्यभेगको डढेलो निभेको छ । अहिले देशका चार स्थानमा मात्र डढेलो लागिरहेको विपद् पोर्टलले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार ७:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया