logo-img

काठमाडौं फोटोग्राफर संघकाे शुभकामना आदानप्रदान सम्पन्न

काठमाडौं फोटोग्राफर संघले आज काठमाडौंस्थित नयाँ बानेश्वरको अर्पण बैंक्वैटमा नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा फोटोग्राफरहरुको आपसी सम्बन्ध, सद्भाव प्रगाढ बनाउन शुभकामना आदानप्रदान, चियापान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा निर्माता, निर्देशक, अभिनेता तथा हास्यकलाकार जितु नेपाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संघका सचिव रेशमराज पण्डितले गरेका थिए । 

कार्यक्रममा काठमाडौं तथा काठमाडौं बाहिर रहेका फोटोग्राफर संघको पनि उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । संघका उपाध्यक्ष आदन्द प्रभाकर घिमिरेले कार्यक्रममा उपस्थित सम्पुर्ण फोटोग्राफर तथा दर्शकलाई स्वागत गरेका थिए । 

काठमाडौं फोटोग्राफर संघ विगत लामो समयदेखि फोटोग्राफी सम्बन्धि पेशाले चिनिँदै आएको छ । आज सम्पन्न भएको कार्यक्रम मार्फत अझै फोटोग्राफरबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन र आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्दै आफ्नो संघको निम्ति योगदान पुर्याउन र संघले गरेका हरेक गतिविधिहरुमा सम्पूर्ण फोटोग्राफर सदस्यहरुलाई सहयोग गर्न समेत अध्यक्ष हरिप्रसाद घिमिरेले अनुरोध गरेका थिए । साथै उनले नजिकिदै गरेको नयाँ वर्ष मार्फत सबैको सफलता भएको सुन्न आफू सदा आतुर रहेको बताए । 

कार्यक्रममा संघका सल्लाहकार तथा वरिष्ठ सिनेमेटोग्राफर मन्जु कुमार श्रेष्ठ तथा रत्नमा आसुले संघले गर्ने हरेक गतिविधिहरुमा निरन्तर साथ , सहयोग र सद्भाव व्यक्त गरिरहेको र आगामी दिनमा पनि सहयोग गरिरहने बाचा सहित शुभकामना दिएका थिए । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका जितु नेपालले संघको नयाँ भित्तेपात्रो सार्वजनिक गरेका थिए । उनले संघको गतिविधिलाई विगत लामो समयदेखि नियाल्दै आएको र आफू संघको काम देखेर खुसी रहेको बताए ।





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १६:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया