logo-img

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भयो भने देशै लुटेर लगिदिन्छन् : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने बताएका छन् । मंगलबार    समाजवादी मोर्चाले आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । 

'प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुंगाे लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त। केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त,'उनले भने, 'अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त। हाम्रो आचरण यस्तो छ। हामीजस्ता यस्तै खालका मान्छेहरू राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन्। अनि कुरा उठाउनेहरूलाई गोदेर कहाँ पुर्‍याइदिने हो !’

निर्वाचनको विकृतिलाई अन्त्य गर्ने विषयमा एउटा ठोस निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्दै उनले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताए । 

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताभित्र देखापरेको भ्रष्टीकरण, चरम व्यक्तिवादी अवसरवादको रोग देखिएको उल्लेख गर्दै समाज बदल्ने अगुवा भनिएकाहरू नै भ्रष्ट भएकामा पूर्वप्रधानमन्त्री नेपालले चिन्ता व्यक्त गरे । 

विकास र समृद्धिका लागि कुनै विषयले बाधा पुर्याएको खण्डमा त्यसलाई सुधार गरेर जानुपर्नेमा जोड दिँदै उनले आवश्यक परेको खण्डमा संविधान पनि संशोधन गर्नुपर्ने बताए । समय र समाजको गतिशीलतालाई बुझेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले विकास, समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने धारणा राखे ।





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १७:४०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया