logo-img

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। उनले वर्तमान राजनीतिक परिस्थितिका कारण राजीनामा दिनुपरेको उल्लेख गरेका छन्।

शाहले नेपाली कांग्रेसका सांसद शाह २०७९ माघ २७ गते मुख्यमन्त्री चयन भएका थिए। नयाँ सत्ता गठबन्धन बनेपछि गत फागुन २३ मा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची थियो। तर विश्वासको मत प्राप्त गर्न नसकिने भएपछि उनले राजीनामाको बाटो रोजेका हुन्। मुख्यमन्त्री शाहले बिहीबार प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका हुन्। 

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ। कांग्रेसका १८ सांसद छन्।

त्यस्तै, सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सात सांसद छन्। उनीहरूमध्ये पाँचजना मन्त्री छन्। तर, अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपा विभाजित छ।

त्यस्तै, गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र)का सभामुख सहित ११, नेकपा (एमाले)का १० र नेकपा (एकीकृत समाजवादी)का चार गरी २५ सांसद छन्।





  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १९:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया