logo-img

विगतमा प्राधिकरण डुबाएका व्यक्तिबाटै लोडसेडिङ ब्युँताउने खेल सुरु : कुलमान घिसिङ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिइओ) कुलमान घिसिङले देशमा लोडसेडिङ ब्युँताउन खेल सुरु भएको बताएका छन् । विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर आफू र प्राधिकरणबारे अनर्गल प्रचार गराएको र उनीहरूले फेरि लोडसेडिङ गराउन चाहेको आरोप लगाए । 

प्राधिकरणमा सोमबार पत्रकार सम्मेलन गर्दै घिसिङले भने, ‘हामी रातदिन नभनी देशमा उज्यालो ल्याउन लागिपरेका छौँ तर विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई प्रहार गरिरहेका छन् ।’ 

सरकारबाट अनुदान लिएर प्राधिकरण नाफामा गएको भन्ने हल्ला गलत भएको भन्दै उनले विगतमा ९ अर्ब घाटामा गएको प्रधिकरण अहिले नाफामा गएको भन्दै घिसिङले पहिला प्राधिकरण चुसेकाहरुले यस्तो आरोप लगाएको दाबी गरे ।  

प्राधिकरणका पाँचौँ तहका केही कर्मचारीले केही मिडिया प्रयोग गरेर आफूविरुद्ध हल्ला फैलाएको भन्दै उनले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने बताए । आफू प्राधिकरणमा रहेसम्म पारदर्शी भएर काम गर्ने, तर कसैले दादागिरी गरेमा त्यो कारबाहीको भागिदार भएरै छाड्ने घिसिङको चेतावनी थियो । 






  • प्रकाशित मिति : चैत २५, २०७५ साेमबार १६:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया