logo-img

सञ्चारमन्त्री शर्माको दाबी- गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौँ

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरू बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन् । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौ  बैठकलाई सम्बोधन गर्दै उनले बेथिति र गलत प्रवृत्ति विरुद्ध अन्तिम समयसम्म लडिरहने बताइन् । 

विशेषगरी आइटी क्षेत्रमा सीमित व्यक्तिको  हालीमुहाली रहेको र त्यसलाई तोडन खोज्दा पटक–पटक मुद्दा मामिला बेहोर्नु परेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न  सञ्चार मन्त्रालय र मातहतका निकायहरू जोडतोडका साथ लागिपरेको उनको भनाइ थियो । 

आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको भन्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताइन् । 

‘मन्त्रालयले तयार पारेका विभिन्न ऐन कानुन कार्यान्वयनमा आएपछि आमसञ्चार क्षेत्रमा आमूल परिवर्तन हुन्छ’, मन्त्री शर्माले भनिन्, ‘सञ्चार मन्त्रालयमा भएका कामले वर्तमान सरकारले गरेका सुशासन, र समृद्धि लक्ष्यलाई साथ पुग्दै आएको छ ।’

माओवादीले अहिलेसम्म ऊर्जापछि सबैभन्दा धेरै पटक सञ्चार मन्त्रालयको नेतृत्व लिएको भन्दै उनले त्यसैको परिणाम अहिले गाउँगाउँका जनता हातहातमा सञ्चारको पहुँच पुर्याउन सकिएको बताइन् ।

मन्त्री शर्माले  माओवादीले नेतृत्व सम्हालेका मन्त्रालयले  हरेक पटक  कहीँ न कहीँ नेपाली जनताले  परिवर्तनको महसुस गर्न पाएको उल्लेख गरिन् । बैठकलाई नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटालगायतले सम्बोधन गर्नेछन् ।  





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १३:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया