logo-img

अन्तरप्रदेश खेलकुद : पुरुष क्रिकेटको उपाधि गण्डकीलाई

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको उपाधि गण्डकी प्रदेशले जितेको छ । 

गण्डकीले दिएको दुई सय दुई रनको लक्ष्य पछयाएको मधेस प्रदेश १८ दशमलव एक ओभरमा  एक सय ६० रनमै अलआउट भयो । मधेसका लागि पवन सर्राफले ३५, विशाल सुस्लिङले २७ रन बनाए भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गण्डकीलाई जित दिलाउन अमृत गुरुङले तीन दशमलव एक ओभर बलिङ गर्दै जम्मा छ विकेट लिँदै १८ रन खर्चिए । साथै अंकित न्यौपानेले दुई र कमल परियारले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश सन्दीप क्षेत्रीको विष्फोटक ४७ रनको पारीमा आठ विकेटको क्षतिमा दुई सय एक रन बनाएको थियो । करन पंगेनीले ४३, दिनेश बुढामगरले ३३ रन बनाए । 

मधेसका लागि विशाल पटेलले तीन, रुपेश सिंह र रञ्जित कुमारले समान दुई–दुई विकेट लिए ।





  • प्रकाशित मिति : वैशाख १, २०८१ शनिबार २३:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया