logo-img

गण्डकीका कामचलाउ मुख्यमन्त्री सर्वोच्चकाे पेसीअघि नै विश्वासको मत लिने तयारीमा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । सभामुखसहितकाे हस्ताक्षरमा मुख्यमन्त्री बनेका अधिकारीलाइ  सर्वोच्च अदालतले कामचलाउ बनाइदिएकाे छ ।

निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारीलाइ असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

उक्त रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले वैशाख ७ भित्र लिखित कारण पेस गर्न आदेश दिएको छ । मुद्दालाई अग्राधिकार दिँदै १० गते पूर्ण पेसी तोकिएको छ । 

तर, मुख्यमन्त्री अधिकारीले त्यसअघि नै ‘संसद फेस’ गर्ने तयारी गरेका हुन् । कानुनविदहरूसँग छलफल गरेर उनले विश्वासको मत लिने तयारी गरेका हुन् । 





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १८:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया