logo-img

सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय, पर्यटक भित्र्याउन महायज्ञको तयारी

भोजपुरको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवर्द्धनमा पनि उनीहरू लागेका छन् । 

भोजपुरमा महारुद्र, हिमालय, शिवलिङ्ग, गुप्तेश्वर महादेव, कालीनाग, सेतीनाग, सहस्र नाग, जलपा, पञ्चकोटी, झाँक्री, सिद्धसिकारी, महारानी, ठकुरारी, सिंहदेवी, शीलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेका पुजारी प्रेमबहादुर खड्काले बताए ।

रामनवमी, तीज, शिवरात्रि, बालाचतुर्दशीलगायत पावन दिनमा  मेला लाग्ने गरेको छ । मन्दिरको प्रचारप्रसारसँगै यसको विकास तथा जग्गा व्यवस्थापनमा पनि स्थानीय जुटेका छन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भोलिदेखि १३ गतेसम्म महायज्ञ आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले जानकारी दिए ।

यो देवस्थलको विकास तथा प्रवर्द्धन गर्न यहाँ महायज्ञ सञ्चालनको तयारी गरिएको सन्तानेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए । महायज्ञबाट यहाँको प्रचारप्रसारसँगै आन्तरिक  पर्यटक आकर्षित गर्न  टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

गुरुयोजना निर्माण गरेर गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्धरूपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले वडा नं १ तिलाहारमा रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुण डाँडा, सन्तानेश्वर महादेव, च्याङ्रे पोखरी, कोटगढीलगायत क्षेत्रको विकासका निम्ति का गरिरहेको उनले दोहोर्याए ।   

‘सन्तानेश्वर महादेव मन्दिर संरक्षणको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तदनुरूप काम भइरहेको छ । गाउँपालिका तथा प्रदेश सरकारको लगानीमा मन्दिर तथा भौतिक संरचना निर्माण गरेका छौँ । गाउँपालिकाभित्रका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरेर तीनलाई आर्थिक पक्षसँग जोड्ने  हाम्रो लक्ष्य छ’, अध्यक्ष राईले भने ।



वडा कार्यालयले पनि यो स्थानको विकासको लागि बजेट विनियोजन गरेर संरक्षण गरिरहेको वडाध्यक्ष बोमप्रसाद राईले बताए । रासस   



  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार ९:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया