logo-img

आर्थिक र सामाजिक परिवर्तन आवश्यक : नेता सिंह

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन् । 
      
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१५ वडा एकाइले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी रहेको बताए । 

‘कांग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ,’ उनले भने । 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार २२:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया