logo-img

एसिसी प्रिमियर कप : नेपाल हङकङसँग पराजित

एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ। शनिबार ओमानको अलअमेरत क्रिकेट ग्राउन्डमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाललाई हङकङले ४ विकेटले हरायो । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाएको थियो। नेपालले दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

हङकङका लागि अंशु रथले ६५, बाबर हयातले २६ र एजाज खानले १२ रन रन बनाए। बलिङतर्फ नेपालका सोमपाल कामीले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४, सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए पनि अरुले दोहोरो अंकको रन जोड्न सकेनन्।

हङकङले आजको जितसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ।





  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार २०:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया