logo-img

एभर्टनसँगको हारले लिभरपुलको उपाधि यात्रामा धक्का

इंग्लिस प्रिमियर लिगको उपाधि दाबेदार मानिएको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा ऊ एभर्टनको मैदानमा २–० ले पराजित भएको हो । 

यो हारपछि लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ । एभर्टनलाई हराएको भए उसले शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका थियो । यद्यपि ३४ खेलमा ७४ अंक भएको लिभरपुल तालिकाको दोस्रो स्थानमा यथावत छ । 

प्रिमियर लिग तालिकामा आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल कम खेलेको म्यान्चेस्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । 

करिब ७७ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले एभर्टनविरुद्ध गोल भने गर्न सकेन । खेलको २७औं मिनेटमा जेरार्ड ब्रान्थह्वाइटले गोल गर्दै एभर्टनलाई आग्रता दिलाए ।



पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले ५८औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमार्फत अग्रता लम्ब्याएको थियो । लिभरपुलले खेलभरी सातवटा सट पोस्टमा प्रहार गरेपनि एभर्टनका गोलकिपरको प्रदर्शन उत्कृष्ट रह्यो । 

प्रिमियर लिगमा आज म्यान्चेस्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ ।  



  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार ७:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया