logo-img

हुम्लामा पहिलोपटक पुग्यो टिपर
फाइल तस्बिर

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा आज दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक सातामा ती टिपर सिमकोट आइपुगेका हुन् । 

सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलोपटक हुम्ला पुगेका टिपर र चालक स्थानीयले फूलमालाले स्वागत गरेका छन् । 

उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिपर यहाँ आइपुगेका हुन् ।  नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर दुईवटा टिपर सिमकोट पुगेको जनाइएको छ । 

नाम्खाको च्याछरा भिर छिचोल्ने जिम्बा लिएको ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिका प्रोपाइटर प्रेम कार्कीले सोही खण्डका लागि डिजेलको आवश्यक परेपछि टिपर हुम्ला ल्याइएको बताए । 

उनले च्याछरा सडक निर्माणका लागि डिजेल नहुँदा काम रोकिएपछि जिल्ला प्रशासन र मन्त्रालयमा आग्रह गरेपछि छारे खण्डबाट नेपाली सेनाले उक्त सवारी गुड्नका लागि अनुमति दिएको हो । 

छारे भिरबाट ती सवारी चल्न नदिएपछि तीन दिन स्याल्तडी बसेर विभिन्न प्रक्रिया पूरा गरेपछि टिपरलाई यहाँ आउन अनुमति प्राप्त भएको प्रोपाइटर कार्कीले बताए ।



टिपरले खार्पुनाथ गाउँपालिकाको कर्णाली नदी पार गरेर आएका हुन् । नेपाली सेनाले छारे सडक खण्डबाट अन्य कुनै पनि सवारी साधन र मानिसलाई सोही सडकबाट आवतजावत गर्न दिएको छैन । रासस  



  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार २१:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया