logo-img

बागलुङ-म्याग्दी सडक कालोपत्रे गरिँदै

बागलुङ–म्याग्दी सडकअन्तर्गत   बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्रे गर्न थालिएको छ । 


हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए । 

चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ । 

इन्जिनियर पुनका अनुसार हालसम्म ७० प्रतिशत काम पूरा भएको छ भने सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ । त्यस्तै मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना उनले सुनाए ।  





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार १०:३६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया