logo-img

उपनिर्वाचन : इलाम-२ मा बिहान ७ बजेपछि मात्र मतगणना

प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना आज बिहान ७ बजेदेखि सुरु हुने भएको छ । मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइ पुर्‍याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना सुरु गर्न लागिएको हो ।​

सर्वदलीय बैठक गरेर गणना सुरु गर्ने तयारी छ । इलाम नगरपालिका-२ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ ।

इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइ पुर्‍याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना सुरु गर्न लागिएको हो ।​

शनिबार मतदानमा इलाम–२ मा करिब ५८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । इलाम–२ मा १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार ६:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया