logo-img

काठमाडौंमा तेस्रो लगानी सम्मेलन : ५५ देशका १६ सय लगानीकर्ताको सहभागिता [तस्बिरहरू]

स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले गरेको तेस्रो लगानी सम्मेलन आजदेखि सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा भइरहेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

सम्मेलनमा स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश भएको भन्दै सम्मेलनमार्फत लगानीको सम्भावना र अवसरबारे बुझेर लगानी गर्न लगानीकर्तालाई सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । 

सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ । सोमबारसम्म हुने सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५१ परियोजना सरकारले प्रस्तुत गर्दै छ । लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन् । 

सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ । 

सम्मेलनमा आइतबार पहिलो दिन उद्घाटनपछि दुईवटा मुख्य सत्र हुनेछन् भने सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्तासँग साक्षात्कार गर्नेछन् । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १०:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया