logo-img

इलाममा मतगणना सुरु, बझाङमा तयारी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा  मतगणना सुरु भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकपछि मत गणना सुरु गरिएको हो । 

फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गरिएको छ । फाकफोकथुममा ९ हजार ७ सय ४ मत खसेको जनाइएको छ । निर्वाचन क्षेत्रभरभने जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

मतगणनाको अपडेट दुई-दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 

यसैबीच, उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा पनि मतपेटिका सङ्कलनको काम सकिएको छ । आज साइपाल गाउँपालिका अन्तर्गत पर्ने मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत  सदरमुकाम चैनपुर ल्याइएसँगै मतपेटिका सङ्कलनको काम सकिएको हो । 

अहिले सर्वदलीय बैठक बोलाइएको छ । बैठक सकिए लगत्तै मत गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बझाङ प्रदेशसभा १ मा हिजो भएको प्रदेश सभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १२:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया