logo-img

नेपालको आइसिटी क्षेत्र अमेरिकन ठूला कम्पनीको चासोमा छ : अतुल केशव

अमेरिकाले नेपालमा ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार र वित्तीय सेवामा आश्चर्यजनक अवसर रहेको भन्दै आइसिटी सेक्टरमा निकै चासो दिएर ठूला अमेरिकन डिजिटल कम्पनीहरूले नेपाललाई हेरेको स्पष्ट परेको छ ।

सरकारले डिजिटल अर्थतन्त्रलाई नियन्त्रित गर्ने नियमहरू प्रतिस्पर्धात्मक छन् भनी सुनिश्चित गरे नेपालले अमेरिकन कम्पनीहरूबाट पूर्ण फाइदा लिन सक्ने लगानी सम्मेलनमा आएका अधिकारीहरूले बताएका छन् । 

आइतबार र सोमबार गरी दुई दिन चल्ने तेस्रो लगानी सम्मेलनमा बोल्दै संयुक्त राज्य अमेरिका चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशवले नेपालका विभिन्न ६ वटा क्षेत्रमा आश्चर्यजनक अवसरहरू भएको र त्यो अमेरिकी कम्पनीका लागि निकै चासोको क्षेत्र समेत रहेको बताए । 

उनले भने, ‘नेपालमा ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार र वित्तीय सेवामा अचम्मको अवसर रहेको स्पष्ट छ । यी अमेरिकी कम्पनीहरूको लागि ठूलो चासोको क्षेत्रहरू हुन् ।’

नेपालमा आइसिटी क्षेत्रमा निकै राम्रो अवसर रहेको उल्लेख गरेका उनले  विशेष गरी यही क्षेत्र नेपालका लागि गेम चेन्जरको बन्न सक्ने र अमेरिकी कम्पनीको लागि पनि चासोको विषय भएको धारणा राखे । 

अमेरिकी ठूला डिजिटल अर्थतन्त्र कम्पनीहरू विश्वका नेता भएको र उनीहरू आइसिटी क्षेत्रमा के भइरहेको छ भन्नेमा चासो राख्ने भन्दै केशवले थपे,  ‘तपाईँसँग अद्भुत जनसांख्यिकीय विभाजन छ। तपाईँसँग उत्कृष्ट प्रतिभा र कुशलता छ । यो मानव प्रदर्शन प्रविधि (एचटिपी) अमेरिकी डिजिटल अर्थतन्त्र कम्पनीहरूको लागि वास्तविक स्थान हुनसक्छ । डिजिटल अर्थतन्त्रलाई नियन्त्रित गर्ने नियमहरू सकेसम्म प्रतिस्पर्धात्मक छन् भनी सुनिश्चित गरेर नेपालले यसको पूर्ण फाइदा लिन सक्छ ।’



नेपालको आइसिटी क्षेत्रलाई निकै चासोपूर्वक अमेरिकन कम्पनीहरूले हेरेको बताउँदै उनले नेपालको आइसिटी क्षेत्रमा प्रतिस्पर्धात्मक कानून बन्ने सुनिश्चित गरे विदेशी कम्पनीहरू नेपालमा लगानी गर्न उत्साहपूर्वक रूपमा आउने धारणा राखे । 

‘अमेरिकी ठूला डिजिटल कम्पनीका अर्थतन्त्रलाई नियन्त्रित गर्ने नियमहरू सकेसम्म प्रतिस्पर्धात्मक छन् भनी सुनिश्चित गरेर नेपालले यसको पूर्ण फाइदा लिन सक्छ ।  किनभने यी कम्पनीहरू डिजिटल भएकाले उत्तम नीति अवसरहरू जहाँ भए पनि भाडामा लिन सक्छन । र, नेपालमा नीति र नियामक संरचना राम्रो भएमा आउँछन्’ केशवले भने ।



उनले युनाइटेड स्टेट चेम्बर्सको मिसन नेपालमा दुई गुणा रहेको बताउँदै  मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाललाई अमेरिकी व्यापार समुदायले पूर्ण समर्थन गर्ने पनि उल्लेख गरे । नेपालको वर्तमान व्यापारिक वातावरणको परिदृश्य बुझ्न र सरकारको सुधार र उदारीकरण एजेन्डा र यसका प्राथमिकताहरू बुझ्न चाहेको बताएका अमेरिकी अधिकारीहरूले निजी क्षेत्रलाई विश्वासमा लिएर सहकार्य गर्नुपर्नेमा जोड दिँदै नेपालमा लगानीका लागि अमेरिकामा पहल गर्ने समेत बताए ।  

  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १३:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया