logo-img

इलाम २ उपनिर्वाचन कांग्रेसका डम्बर खड्काकाे अग्रता कायम

इलाम २ उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता कायम गरेका छन् । खड्काले ११४५ मत प्राप्त गर्दा दोस्रो नम्बरमा रहेका एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १०६३ मत ल्याएका छन् । 

यस्तै, रास्वपाका उम्मेदवार मिलन लिम्बू स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमभन्दा पछि परेका छन् । थेगिमले ३११ मत प्राप्त गर्दा लिम्बूले २०९ मत ल्याएका छन् ।  इलाम क्षेत्र नम्बर २ मा १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

प्रतिनिधिसभा सदस्यका लागि इलाममा वैशाख १५ गते उपनिर्वाचन भएको हो । संविधानसभा अध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । 

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतम बुद्ध सभागृहमा मतगणना भइरहेको छ ।





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १५:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया