logo-img

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडियो सार्वजनिक
फाइल तस्बिर

गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडियो शनिबार सार्वजनिक गरेको छ । यो भिडियोमा देखिएकाहरूले आफुहरूको जीवन रक्षाका लागि केही गर्न याचना गरेका थिए । 

हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका दुई व्यक्तिको भिडियो फुटेज सार्वजनिक गरेको हो, जसलाई इजरायली अभियान समूह होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरमले किथ सिगेल र ओमरी मिरानको रूपमा पहिचान गरेको छ।

भिडियोमा मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताएका छन् । अमेरिकी नागरिक सिगलले पनि भिडियोमा हालैको लामो बन्दी जीवनबारे उल्लेख गरेका छन् । 

भिडिओबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले सङ्घर्ष जारी राख्ने बताएका छन् । उनीहरूले इजरायली सरकारसँग बन्धहरूलाई मुक्त गर्ने सम्बन्धी नयाँ सम्झौता गर्न आग्रह समेत गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १६:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया