logo-img

बाइडेन र नेतान्याहुबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ । आइतबार भएको वार्तामा गाजामा मानवीय सहायता बढाउनका लागि छलफल भएको ह्वाइट हाउसले जनाएको छ ।

टाइम्स अफ इजरायलका अनुसार इजरायल उत्तरी गाजामा मानवीय सहायताका लागि कर्नी र इरेज क्रसिङका ढोका खोल्न तयार छ । ​गाजामा खाद्य असुरक्षा बढ्दै गएकाले सहायताको निरन्तर प्रवाह सुनिश्चित गर्न थप क्रसिङ खोल्नु महत्त्वपूर्ण मानिन्छ ।

दुई नेताहरूले रफाहमा हमासविरुद्ध सम्भावित इजरायली कारबाहीबारे छलफल गरेका थिए । बाइडेनले गाजाको दक्षिणी सहरमा इजरायली कारबाहीलाई समर्थन नगर्ने पनि बताएका छन् ।

बाइडेनले अमेरिका गाजालाई सहायता उपलब्ध गराउने आफ्नो अडानमा अडिग रहेको र तेल अभिभले यस सम्बन्धमा आफ्नो प्रयासलाई अझ बढाउनुपर्ने बताए । 

दुवै नेताले गाजामा तत्काल युद्धविरामका लागि चलिरहेको वार्ताका साथै बन्धकहरूको रिहाइको पनि समीक्षा गरेको जनाइएको छ ।

यस्तै, अमेरिकी विश्वविद्यालयमा पछिल्लो समय प्यालेस्टाइनको समर्थनमा प्रदर्शन चर्किएको छ । प्यालेस्टाइन समर्थक प्रदर्शनमा पक्राउ परेका विद्यार्थीको संख्या ७ सय नाघेको छ । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ७:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया