logo-img

इलाम–२ : सुहाङ नेम्वाङले फेरि बढाए मतान्तर

इलाम–२ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । अहिलेसम्म एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १६ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह बीच प्रतिस्पर्धा भइरहेको छ । तर, अहिले खड्काले मतान्तर बढाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ११ हजार २ सय ७३ मत पाएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङ ५ हजार ६ सय ७१ मतान्तरले अगाडि रहेका छन् । 

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४४ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले भने अहिलेसम्म २ हजार ८ सय तीन मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १९:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया