logo-img

कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते
फाइल तस्बिर

कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस अचानक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा वर्ष ४२ का ठेगाना नखुलेका डा गोविन्द रिजालको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।   

उहाँका अनुसार आज २ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अपरान्ह मृत्यु भएको हो । अन्य तीन घाइतेको उपचार भइरहेको छ । 

घाइते हुनेमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की विमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा छन् । लामालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ ।





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार १६:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया