logo-img

आइपिएल : चेन्नईको प्लेअफ सम्भावना बलियो, पञ्जाबको यात्रा लगभग समाप्त

भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले छैटौँ जित निकालेको छ । यो जितपछि चेन्नईको प्लेअफ सम्भावना बलियो बनेको छ ।

चेन्नईसँगको हारपछि पञ्जाबको प्लेअफ यात्रा भने लगभग समाप्त भएको छ । आफ्नो ११औँ खेलमा चेन्नईले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

उसका लागि प्रमसिमरन सिंहले ३०, शसांक सिंहले २७, हरप्रीत ब्रारले अविजित १७, राहुल चाहरले १६, हर्षल पटेलले १२ र कागिसो रबाडाले अविजित ११ रन जोडे । चेन्नईका लागि रवीन्द्र जडेजाले तीन, सिमरजीत सिंह र तुषार देशपाण्डेले दुई/दुई तथा मिचेल सान्टर र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।  

त्यसअघि धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियनक स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

उसका लागि रवीन्द्र जडेजाले ४३, कप्तान रुतुराज गायकवाडले ३२, डारियल मिचेलले ३०, मोइन अली र शार्दुल ठाकुरले १७/१७ तथा मिचेल सान्टनरले ११ रन बनाए ।

पञ्जाबका लागि हर्षल पटेल र राहुल चाहरले तीन/तीन, अर्शदीप सिंहले दुई र साम करनले एक विकेट लिए । यो जितपछि चेन्नई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ११ खेल खेल्दा ६ मा जित र पाँच खेलमा हार बेहोरेको छ । पराजित पञ्जाबले ११ खेल खेल्दा सातमा हार तथा चार खेलमा मात्र जित निकालेको छ ।





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार १९:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया