logo-img

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । आज काठमाडौं उपत्यका पनि सामान्य वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले ती स्थानमा वर्षा भएको हो । गण्डकी प्रदेश क्षेत्रमा जम्मा भएर बसेको स्थानीय वायु दक्षिण–पूर्वी क्षेत्रमा सरिरहेको र यसको प्रभावका कारण केही स्थानमा हल्का वर्षा भएको विभागका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङको अनुमान गरिएको छ । उच्च हिमाली भूभागमा भने हल्का हिमपातको पूर्वानुमान पनि महाशाखाले गरेको छ ।  भोलि सोमबार दिउँसो कोशी, गण्डकी र कर्णालीलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली भई अन्य स्थानमा भने मौसम सफा रहने अनुमान गरिएको छ । सोमबार राति भने कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ ।

त्यस्तै, पर्सि मंगलबार देशभर आंशिक बदली हुने मौसमविद् पुडासैनीले बताए । स्थानीय वायुको प्रभावले अहिले छिटपुट वर्षा देखिए पनि यो लामो समयसम्म भने नरहने उनको भनाइ छ ।





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार २०:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया