logo-img

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा भक्तपुर तेखाचोको क्वनेया गुँला बाजा सञ्चालन तथा व्यवस्थापन समिति प्रथम भएको छ । 

आज सम्पन्न प्रतियोगितामा बुराँख्यो येँ, नरदेवीको ङत तुलाधर गुँला बाजँ खलः द्वितीय, मध्यपुरथिमिको प्रजापति गुँला बाजा तृतीय, मथिनपाको थिमि गुँला बाजा खलः र इतुंबहाः येँ, काठमाडौको २४ को केशचन्द्र गुँला बाजं खलः ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले प्रतियोगिताका विजयी समूहलाई पुरस्कार वितरण गरे । 

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ४० हजार, द्वितीयलाई नगद ३० हजार, तृतीयलाई नगद २५ हजार र सान्त्वना स्थान प्राप्त गरेको दुई समूहलाई २० हजारको दरले नगद पुरस्कार प्रदान गरिएको हो । 

प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई पाँच हजार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गरेको बाजा समूहलाई वाद्यवादन सामग्री पनि पुरस्कारको रुपमा प्रदान गरिएको छ । 

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजुक्छे (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा भएको गुँला बाजा प्रतियोगिता एक सांस्कृतिक पर्वको रुपमा सञ्चालन भएको बताउँदै प्रतियोगिता आयोजनाले संस्कृतिकर्मी र कलाकारमा उत्साह थपेको बताए । 
    
उनले नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरणले देशको मौलिक संस्कृति जगेर्नामा उल्लेखनीय योगदान पुग्ने बताए । विद्यालयस्तरदेखि यस्ता सीपको प्रशिक्षण दिन सके देशको कला संस्कृति जीवन्त हुने उनको भनाइ थियो । 



भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १० वटा महानगरपालिका एवं नगरपालिका र चारवटा जिल्लाका गरी २६ वटा बाजा खलःले सहभागिता जनाएको जानकारी दिए । 



  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार २२:२७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया