logo-img

न्याम्सले आगामी शैक्षिक सत्रदेखि एमबिबिएस विषय पढाउने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने भएको छ । प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. भूपेन्द्रबहादुर बस्नेतले आगामी आवदेखि एमबिबिएस कार्यक्रम सुरु गर्ने तयारी गरिएको बताए । 

‘हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्तिको अधिकतम उपयोगका साथै देशलाई आवश्यक चिकित्सक उत्पादन गर्न पनि हामीले आगामी आवबाट एमबिबिएस कार्यक्रम सुरु गर्ने तयारीमा छौँ,’ उनले भने ।

प्रतिष्ठानले एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच र नर्सिङ तथा अलाइड साइन्सका विभिन्न ६८ शैक्षिक कार्यक्रम रहेका छन् । उनले सयजना विद्यार्थीलाई एमबिबिएस पठाउने गरी तयारी गरिएको बताए । ‘हामीले एमबिबिएसका लागि पाठ्यक्रम पनि तयार बनाइसकेका छौँ । शिक्षक हामीसँग रहेका छन्,’ उनले भने, ‘बेसिक साइन्स पठाउने भवन मात्र हामीलाई आवश्यक हो । त्यसको माग हामीले सरकारसमक्ष गरेका छौँ ।’

उनका अनुसार पहिलो र दोस्रो ब्याचमा भने ५०–५० जना विद्यार्थी भर्ना गरिनेछ । प्रतिष्ठानको आफ्नै अस्पताल वीर अस्पताल रहेकामा यसलाई सेवासुविधा विस्तार गर्न  सरकारबाट पाँच सय ७० रोपनी जग्गा दुवाकोट प्राप्त भएको छ । 

उक्त स्थानमा एक हजार पाँच सय शय्याको सुपर स्पेसियालिटी अस्पतालसहित मेडिकल कलेज नर्सिङ कलेज तथा अन्य अलाइड हेल्थ साइन्सका कलेजहरुका साथै आवास गृह बनाउने योजनासहित गुरुयोजना तयार पारेको उपकुलपति डा. बस्नेतले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा पाँच सय शय्याको अस्पताल र मेडिकल कलेज बनाइनेछ ।





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार २३:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया