logo-img

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजी भाषा

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाका रूपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोवास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाको रूपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।

उनका अनुसार सोमबार काठमाडौंमा विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

प्रदेश मन्त्रिपरिषदको यही १२ वैशाखको निर्णय बमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

सोमबार काठमाडौं महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार ७:१३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया