logo-img

टियू मैदानका कर्मचारीलाई ‘मनसरा’ द्वारा एक लाख सहयोग
तस्बिर : क्यान

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । 

फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रवर्द्धन गर्ने हेतुले फिल्म टिमले क्यानसँग सहकार्य गरी कर्मचारीलाई १ लाख सहयोग गरेको हो ।

फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफूहरूले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको बताए । 

‘हाम्रो प्राथामिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्छन् र उनीहरूलाई प्रोत्साहनको जरुरी रहने भएकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको हो’, उनले भने ।

फिल्म ‘मनसरा’ कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म हो । फिल्मले वर्ड अफ माउथ राम्रै पाइरहेको छ । फिल्मको कथा पनि स्वयम् निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।



फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । 



  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार ७:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया